देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गरिबी निवारणका लागि प्रतिबद्ध छु : मन्त्री थानी

देशान्तर

कालीकोट । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले दुर्गम क्षेत्रमा पछि परेका समुदायलाई गरिबी न्यूनीकरण गर्न आत्मनिर्भर हुने कार्यक्रम अघि सारिएको बताएका छन् । 

नेपाली काँग्रेस कालीकोटले आयोजना गरेका आम सभालाई सम्बोधन गर्दै मन्त्री थानीले कर्णालीका जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना बनाएको बताउँदै खाद्यान्न भन्दा पनि उत्पादनमुखी कार्यक्रम अहिलेको आवश्यकत्ता भएको धारणा राखे । 

मन्त्री थानीले कर्णालीमा स्थानीय उत्पादन वृद्धि गर्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । 

अर्को प्रशङ्गमा उनले सरकारले संसद्, प्रदेश र स्थानीय निकायको निर्वाचनका लागि सबै प्रक्रिया पूरा गरेको बताए । 

त्यसैगरी नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले लोकमानसिंह कार्कीको बारेमा संसद्मा पेस भएको महाअभियोगका बारेमा संसद्को नीति, लोकतन्त्रको मूल्य र मान्यताका आधारमा जनताका पक्षमा उचित निर्णय लिइने बताएका छन् । 

नेता सिंहले कार्यकर्तालाई निर्देशन दिँदै अब हुने गाँउपालिकाको स्थानीय निकायको निर्वाचनका लागि अहिलेदेखि तयारी गर्न आग्रह गरे । 

]]>