देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल प्रहरीमा सवै रिक्त पदमा पदपूर्ति भएन

देशान्तर

काठमाडौं । नेपाल प्रहरीमा खुल्ला प्रतिस्पर्धाबाट लिइने प्रहरी जवान, प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षकको २ हजार ४ सय ७४ पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले भने ६ सय ३७ जनाका लागि मात्रै भर्ना खुल्ला गरेको छ ।  

सार्वजनिक कार्यक्रमहरूमा प्रहरी नेतृत्वले अपराध अनुसन्धान र शान्ति सुरक्षामा जनशक्ति अभाव रहेको तर्क गर्दै आएको छ । प्रधान कार्यालयको मानवस्रोत विभागका अनुसार संगठनमा प्रहरी कार्यालय सहायकदेखि डीआईजीसम्म ३ हजार ७ सय ९७ पद रिक्त छ । तर त्यसलाई पूर्ति गर्न नयाँ भर्ना र बढुवा प्रक्रिया अगाडि बढाइएको छैन ।

प्रहरी प्रवक्ता हेमन्त मल्लका अनुसार प्रहरी निरीक्षकमा ८६ र प्रहरी सहायक निरीक्षक असईमा ५ सय ५१ पदका लागि भर्ना आहवान भएको छ । मानवस्रोत विभागको तथ्यांकमा प्रहरी निरीक्षकमा २ सय ४ र असईको ७ सय १० पद रिक्त छ ।

खुल्ला प्रतिस्पर्धाबाट छानिने प्रहरी जवानको १ हजार ८ सय ३७ पद रिक्त भए पनि भर्ना प्रक्रिया सुरु भएको छैन । कान्तिपुर दैनिकमा समाचार छ।

]]>