देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले सरकार एकलौटी ढंगले चलाएको महतको आरोप

देशान्तर

बुटवल । सत्ता साझेदार दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले एकलौटी ढंगले काम गर्न खोजेको बताएका छन्।  नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल कांग्रेससँग छलफल नै नगरी निर्णयहरु गरेकोमा असन्तुष्टि व्यक्त गरे।  ‘प्रचण्डजीले संसद्‌मा त्यति लामो सम्बोधन गर्नुभयो, त्यसमा कांग्रेससँग कुनै छलफल भएन, परामर्श भएनु, उनले प्रधानमन्त्रीको आलोचना गरे, ‘यो विषयमा क्याबिनेटमा पनि छलफल भएजस्तो लाग्दैन, पास भएजस्तो नै लाग्दैन, यसरी संयुक्त सरकारमा एकलौटी ढंगले निर्णयहरु भएका छन्।’

 नेता महतले प्रधानमन्त्रीले कांग्रेस र माओवादीबीच भएका सहमतिअनुसार तय भएका सरकारका मूल एजेन्डाका विषयमा चासो नदिएको टिप्पणी गरे। ‘यी दुई दलबीच मधेश केन्द्रित दलहरुको मागको सम्बोधन गर्दै संविधान संसोधन गर्ने, संविधान कार्यान्वयन गर्ने र निर्वाचन गराउने जस्ता सहमति भएका थिएु, उनले भने–ुयी विषयमा सरकारको नेतृत्वले चासो दिएकै छैन, मैले कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि भनेको छु, अब कांग्रेसले यी विषयमा नेतृत्व गर्नुपर्छ।’

उनले संविधान कार्यान्वयनका विषयमा एमाले र मधेशकेन्द्रित दलहरुसँग पनि सहमति जुटाएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए।  पूर्वअर्थमन्त्री महतले भारतीय राष्ट्रपतिको भ्रमणमा सरकारले दिएको सार्वजनिक बिदाप्रति कटाक्ष गर्दै भने९ ‘भारतीय राष्ट्रपति भ्रमणमा आउनु खुशीको कुरा हो, उहाँलाई स्वागत गर्नुपर्छ, तर देशभर बिदा दिनु आवश्यक छैन, म यसको पक्षमा छैन।’ उनले सरकारले बिदा दिने गरी गरेको निर्णयमाथि पुनःविचार गर्नुपर्ने बताए।

‘यो पद्धति पुरानो भयो, यसले त अतिथिलाई पनि अप्ठेरो पर्छ, हाम्रो राष्ट्राध्यक्ष त्यहाँ जाँदा बिदा दिईदैनु, उनले भने– ‘परिवर्तनकारी साथीहरुले यो विषयमा पुनःविचार गर्नुपर्छ।’ अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि लागेको महाभियोगको विषयमा कांग्रेस निर्णायक हुने उनले बताए।

‘लोकमानसिंह कार्कीमाथि संसद र अदालत दुवैतिर कारबाही अघि बढेको छु’, उनले भने, ‘उनले गल्ती गरेका विषयहरु जुटाईँदै छन्, अहिले नै कांग्रेसले बोलिहाल्ने बेला भएको छैन, छानबिनको क्रम चल्दैछ, हामी निर्णय गर्ने समय आएपछि स्वभावतः निर्णय गर्छौं, अहिले नै प्रचारबाजी गर्नु आवश्यक छैन।’ उनले लोकमानसिंह कार्कीको विषयमा अनावश्यक चर्चा भइरहेको भन्दै बहसको विषय बनाएर समयखेर फाल्न नहुने बताए।

]]>