देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रगत अभावमा बिरामीको बिचल्ली

देशान्तर

काठमाडौं । दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे । अस्पतालमा नपाइएपछि इन्द्र अत्तालिँदै बालकुमारीस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार केन्द्रमा पुगे । 

केन्द्रले रगत स्टक नभएको र रक्तदानका लागि कसैलाई खोजेर ल्याउन भन्यो । शुक्रबार यो संवाददाता केन्द्रमा पुग्दा उनी रगत राख्ने भाँडो बोकेर छटपटाउँदै थिए । पसिनाले उनको अनुहार भिजेको थियो । इन्द्रको आडैमा छटपटाइरहेका रामेछापका भीमबहादुर बस्नेतको हालत पनि उस्तै थियो । मोटोरसाइकल दुर्घटनामा परेका उनका भान्जा दीपेश बुढाथोकीको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ । चिकित्सकले रगत नभए ज्यान जाने संकेत गरिसकेका छन् । मोटरसाइकल हाँकेर सबेरै उनी केन्द्रमा आए पनि रगत पाएनन् । आत्तिँदै भएजति आफन्तलाई फोन गरिहेका थिए उनी । गिरी एक्ला थिएनन् आफन्त बचाउन रगतका लागि हार गुहार गर्नेहरू । त्यहाँ रगत लिन चाहनेहरूको भीडले त्यही संकेत गरिरहेको थियो । 

पाठेघरमा ट्युमर भेटिएपछि ग्रिनसिटी अस्पतालमा शल्यक्रिया गरेकी बालाजुकी माया लामाका छोरा सञ्जीव आमालाई बचाउन आफैं रक्तदान गर्दै थिए । सञ्जीव आमाको शल्यक्रिया हुनुपहिले सोमबार पनि रगतका लागि केन्द्रमा नआएका होइनन् । कसैले फिर्ता दिएको रगत उनले पाउँदा उनी दंग पर्दै अस्पताल गए । तर ताजा नभएको भन्दै चिकित्सकले काम नलाग्ने भने । तत्काल भाइलाई रगत दिन बोलाए सञ्जीवले । 

आमालाई फेरि पनि रगत आवश्यक परेपछि पुनः केन्द्रमा पुगेका उनले पाएनन् र आफैं रगत दिन थाले । केन्द्रमा कतिपय रगत दिने मान्छे नभेट्दा, कतिपय मान्छे भेटे पनि रगत म्याच नहुँदा छटपटाइरहेका थिए । केन्द्रले दिएको रगत पनि ताजा नभएर फिर्ता गर्नुपर्दा कतिपयलाई सास्ती भइरहेको थियो । 

विगत एक सातायता केन्द्र परिसरमा यस्ता सयौं मानिस रगत राख्ने भाँडो बोक्दै छटपटाउने गरेका छन् । रगत नपाउँदा दैनिक ३० भन्दा बढी व्यक्ति त्यसै फर्कने गरेको अनुमान गर्छन त्यहाँ आउने जानेहरू । बाँकीले आफन्त ल्याएपछि मात्रै रगत किन्न पाएका छन् । रगत अभाव भएको सूचनासमेत केन्द्रले नदिँदा बिरामीका आफन्तले दुःख पाउने गरेका छन् । समाचार आजको अन्नपूर्णमा छापिएको छ।

]]>