देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी सङ्गठनको पुनःसंरचनाबारे गृहमन्त्रीद्धारा छलफल

देशान्तर

काठमाडौँ । गृह मन्त्रालयले प्रहरी सङ्गठनको पुनःसंरचना गर्ने विषयमा सम्बन्धित उच्च अधिकारीसँग छलफल गरेको छ ।  प्रहरी सङ्गठनको पुनःसंरचनाको सुझाव दिन सरकारले गठन गरेको कार्यदलले सरोकारवाला निकायसँग छलफल गरी तयार पारेको सुझावको मस्यौदामाथि आज मन्त्रालयमा छलफल भएको हो ।  

बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानको व्यवस्थाअनुसार प्रहरी सङ्गठनलाई रुपान्तरण र विकास गर्न आवश्यक पर्ने ऐन शीघ्र तर्जुमा गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । प्रहरी सङ्गठनको पुनःसंरचनाको सुझाव दिन सरकारले २०७२ फागुन ६ गते पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलको सदस्यमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्रबहादुर शाह, सहसचिवद्वय कृष्णप्रसाद रावत र चक्रबहादुरबुढा, पूर्वसहसचिव सुधीरकुमार शाह छन् । बैठकमा सरकारका महान्यायाधिवक्ता रमण श्रेष्ठ, गृहसचिव लोकदर्शन रेग्मी, कानुन सचिव टेकप्रसाद ढुङ्गाना, सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई, मुख्य अनुसन्धान अधिकृत दिलीपराज रेग्मी, वरिष्ठ अधिवक्ताद्वय सूर्य ढुङ्गेल र सतिश कृष्ण खरेललगायत सहभागी थिए । 

]]>