देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय राजदूत कोरला नाकामा

देशान्तर

मुस्ताङ । भारतीय राजदूत रणजित राय छदिने मुस्ताङ भ्रमण गरी मङ्गलबार राजधानी फर्केका छन् ।  यो बसाइमा नेपाल र चीनको सिमाना कोरलानजिक पुगेर त्यहाँको वस्तुस्थितिको समेत जानकारी लिएका थिए । छदिने भ्रमणका क्रममा राजदूत रणजित रायले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्घाटन गरे ।

दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका राजदूतले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन, कागबेनीमा निर्मित तटबन्ध र मुक्तिनाथस्थित झारकोटमा सामुदायिक भवनको उद्घाटन गरेका थिए । यही असोज ८ मा उनले मुक्तिनाथ दर्शन गर्नुका साथै मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशाला र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरे ।

स्थानीयवासी र मुक्तिनाथका पुजारीसँगको छलफलमा राजदूत रायले सरकारले आग्रह गरेको खण्डमा मुक्तिनाथको गुरुयोजनालाई सहयोग गर्न तयार रहेको बताए । मुक्तिनाथ क्षेत्र विकास कोष र पुरातत्व विभागले मुक्तिनाथको बृहत्तर विकासका लागि एक अर्ब रुपैयाँभन्दा बढीको गुरुयोजना तयार पारेको छ । असोज ९ गते लोमान्थाङ पुगेका राजदूत रायले भारतीय लगानीमा त्यहाँ निर्मित लोमान्थाङ गुम्बा र नाङगेल गुम्बाको अवलोकनसमेत गरेका बताइएको छ ।

राजदूत राय कोरला नाका पुगेका थिए । नेपाल र चीनबीच दीर्घकालसम्म नाका सञ्चालन गर्ने बहस चलिरहेको बेला राजदूतको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । लोमान्थाङ भ्रमणका क्रममा राजदूतसँगको टोलीको जिविस मुस्ताङका इन्जिनियर सकलदेव शर्मा पनि सहभागी थिए । 

 

]]>