काठमाडौं, १२ असोज । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायले आफूलाई अघिल्लो सरकार केपी शर्मा ओली नेतृत्वकोले बिना कसुर हटाएको बताएका छन् । संसदीय सुनुवाई विशेष समितिमा उपस्थित भएका उपाध्यायले आफूले कुटनीति मर्यादाविपरीतका काम नगरेको दाबी गरे । उपाध्यायले भने–‘ म धार्मिक मान्छे मलाई झुट बोल्न आउदैन् , अघिल्लो सरकारले बिनाकसुर फिर्ता बोलायो । फेरि पठाउने निर्णयले न्याय पाएको छु ।’
उपाध्यायले आफूमाथि चुनौति भने झन् बढी रहेको बताए । सांसदहरुले ओली सरकारले लगाएका आरोपबारे उपाध्यायसँग प्रष्टिकरण मागेका थिए । परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई भारतीय राजदूत रञ्जीत रेसँग सुदूरपश्चिम भ्रमणमा गएको, सरकार ढाल्ने गतिविधिमा दिल्लीमा संलग्न भएको भन्दै ओली सरकारले उपाध्यायलाई फिर्ता बोलाएको थियो ।
उपाध्यायसँगै चीनका लागि प्रस्तावित राजदूत लीलामणि पौड्यालको पनि सुनुवाई भएको छ । पूर्व मुख्यसचिव पौड्यालले चीनसँग नेपालले धेरै फाइदा लिन सक्ने बताए ।
]]>
प्रतिक्रिया