देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्मचारी नै राष्ट्रिय ध्वजावाहकको साख गिराउन तल्लीन

देशान्तर

काठमाडौं । केही समयअगाडि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका दुईवटा जहाजमा प्राविधिक समस्या आउँदा निकै ठूला समाचार बने । तिनको समस्या त्यति चर्चा गर्न लायक थियो, थिएन त्यसको पाटो अर्को होला । तर, सानोसानो प्राविधिक समस्या आउँदा पनि मिडियामा निकै प्राथमिकताकासथ आउँछन्, किन ? खोजीको विषय बनेको छ । 

जहाज प्राविधिक वस्तु भएकाले सानातिना समस्याहरु आइरहने सम्बन्धित प्राविधिकहरू बताउँछन् । एकजना हवाई इन्जिनियरले  त्यसरी आउने समस्यालाई बढाइचढाई गरेर समाचार बनाइएकोमा आश्चर्य व्यक्त गरे । आफ्नो पहिचान खुलाउन नचाहने ती इन्जिनियर यसरी उड्डयन व्यापार संवेदनशील हुने भएकोले यसले कम्पनीको साखमा नै असर गर्ने र अन्तत: त्यसको व्यापारलाई प्रहार गर्ने बताउँछन् । 

लामो समय हवाई उड्डयन क्षेत्रमा अनुभव भएका ती इन्जिनियर नेपाल वायुसेवा निगमका जहाजको सामान्य प्राविधिक समस्यालाई पनि यसरी सार्वजनिक गर्ने कामलाई नियोजित भएको आशंका गर्छन् । उनले भनेजस्तै नेपाल वायुसेवा निगमको साख गिराएर अरू एयरलाइन्सहरूको व्यापार बढाउन अरू कोही नभएर निगमकै कर्मचारीहरू सक्रिय रहेको आशंका गरिएको छ । 

जहाजमा सामान्य समस्या आउनेबित्तिकै निगमको विभिन्न विभाग, विशेषगरी प्राविधिक विभागमा काम गर्ने कर्मचारीहरू मध्ये कसैले बढाईचढाई सूचना बाहिर पुर्‍याउने गरेको निगमभित्र आशंका गरिएको स्रोतले बतायो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा होस् चाहे अन्य विमानस्थलमा होस् जहाँ पनि सामान्य समस्या आउनेबित्तिकै त्यस्तो सूचना मिडियासम्म पुर्‍याउने काममा उनीहरू योजनाबद्धरूपमा लागिपरेका निगम व्यवस्थापनले आशंका गरेको छ । 

नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने ध्वजावाहक निगम र हिमालय एयरलाइन्समात्र छन् । बाँकी अरू २६ वटा विदेशी एयरलाइन्स कम्पनी छन् । त्यसरी निगमका सानातिना प्राविधिक समस्यालाई निरन्तररूपमा बाहिर ल्याउँदा अन्तत: विदेशी एयरलाइन्सहरूलाई नै फाइदा हुने भएकोले पनि त्यहाँका कर्मचारीहरू परिचालित भएको हुन सक्ने आशंका गरिएको छ ।

निगमका कर्मचारीहरूको बदमासी यहाँसम्म देखिएको छ कि, आफंै अनलाईन न्युज पोर्टल सञ्चालन गर्ने र निगमका त्यस्ता प्राविधिक समस्या समाचारको रूपमा प्रकाशित गर्ने गरेको पाइएको छ । छदम नाम राखेर अनलाइनमा समाचार लेख्ने त्यस्ता प्राविधिक कर्मचारीहरूकै कारण निगमको विश्वासनीयतमा आँच पुग्ने काम भइरहेको निगम स्रोतले बतायो । यसमा विमानस्थलमा काम गर्ने कर्मचारीहरूको भूमिका पनि हुन सक्ने स्वयम् निगमकै अधिकारीहरूको आशंका रहेको छ । 

प्रत्येक दिन कुनै न कुनै जहाज विमानस्थलमा ग्राउन्डेड हुन्छन्, प्राविधिक समस्या आउँछ तर तिनीहरूको समाचार विरलै आउँने गर्छ । तर किन निगमको जहाजमा आएका सानै खराबी पनि ठूलै समाचार बनेर प्रकट हुन्छन् । समस्याको संवेदनशीलताको आधारमा सूचना निगमले आफैं सार्वजनिक गर्नु सामान्य प्रक्रिया भएपनि छिसिक्क हुनेबित्तिकै चुहावट गर्नुले यसमा तलब निगमको खाने अनि स्वार्थ अरूको पूर्ति गर्ने कर्मचारीहरुको हात नहोला भन्न सकिन्न । 

 

]]>