देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दसैं अघि संविधान संशोधनको प्रस्ताव, चैत्रमा निर्वाचन : प्रधानमन्त्री

देशान्तर

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव दसैं अघिनै संसदमा दर्ता गर्ने तयारी सरकारको रहेको बताएका छन्।  बिभिन्न कार्यक्रममा सहभागि हुनका लागि चितवन आएका प्रधानमन्त्री दाहालले प्रेस सेन्टर नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेसको समस्या समाधानको लागि मधेशी दल र मोर्चासँग छलफल भइरहेको जानकारी दिए । उनले भने–‘दसैंअघि नै प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । संशोधनको लागि एमाले सहमतिमा आवश्यक छ । छलफल भइरहेको छ ।’ 

मधेशको माग सम्बोधनका लागि एमालेसँग पटक–पटक छलफल भएको भन्दै सहमतिमा आउन प्रधानमन्त्रीको एमालेलाई आग्रह थियो ।  ‘संविधान संशोधनको विषयमा सबैसँग छलफल भएको छ, दसैं अघि प्रस्ताव दर्ता गर्ने कोशिष हो’, उनले भने, ‘राष्ट्रिय सहमति बनाउने कोशिष गरेको छु, एमाले पनि सहमतिमा आउनै पर्छ।’ 

 संशोधनको विषयमा मधेशी दल र मोर्चासँग छलफल गरेको बताए। प्रधानमन्त्री दाहालले चैत्रभित्रमा स्थानीय निकायको निर्वाचन गर्ने भन्दै त्यसको वातावरण मिडियाले बनाउन आग्रह गरे। आफू मधेश जान ईच्छुक रहेको भन्दै मौसमको कारणले त्यता जान नसकेको बताएका छन्। अहिलेसम्मको अनुभवको आधारमा विकास र जनताको हितमा काम गर्ने दाहालले बताए। कैलाली घटनामा संलग्न भएकालाई माफी दिने कुराको निर्णय नभएको जानकारी दिए। उनले भारत भ्रमण सफल भएको पनि दाबी गरे।

]]>