देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रजातन्त्र सेनानी शिवध्वज बस्नेतको निधन

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी शिवध्वज बस्नेतको ९६ वर्षको उमेरमा गए राति १ बजे निधन भयो । 

प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनका क्रममा पटक पटक जेल परेका बस्नेत लामो समयदेखि बिपी कोइराला र गिरिजाप्रसाद कोइरालासँगै राजनीतिमा सक्रिय थिए। 

सोलुखुम्बुमा जन्मिएका बस्नेत हाल काठमाडौँ बौद्धमा बस्दै आएका थिए । उनको पार्थिव शरीरमा आज बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाइ अन्तिम बिदाइ गरे । उनलाई श्रद्धाञ्जलि दिन महामन्त्री डा शशाङ्क कोइरालासहित पार्टीका नेता कार्यकर्ताको पशुपति आर्यघाटमा बाक्लो उपस्थिति थियो । 

उनका श्रीमती र तीन छोरी छन् । सांसद एवम् काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत उनकी छोरी हुन् ।

]]>