देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलम्चीको सुरुङ निर्माण गर्न छ महिना म्याद थप

देशान्तर

काठमाडौं । मेलम्चीको सुरुङ निर्माण गरिरहेको इटालियन कम्पनी सिएमसीको म्याद छ महिना थप गरिएको छ ।

सुरुङ निर्माणका लागि विसं २०७३ चैत १५ सम्मको म्याद थपिएको मेलम्ची आयोजनाले जनाएको छ ।

कम्पनीले विसं २०७३ असोज १४ सम्म सुरुङ निर्माण सक्नुपर्ने गरी सन् २०१३ जुलाई १५ मा सम्झौता भएको थियो । गत वर्षको भूकम्प र लगत्तैको भारतको अघोषित नाकाबन्दीले सुरुङ निर्माणको काममा अवरोध आएपछि आयोजनाकातर्फबाट छ महिना थप गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।

“ठेकेदार कम्पनीलाई अरु थप म्याद चाहिए उपयुक्त कारणसहित समितिमा निवेदन दिन भनिएको छ, निवेदन आएमा समीक्षा गरी आवश्यकताअनुसार निर्णय गरिनेछ”– उनले भने ।

सिन्धुपाल्चोकको हेलम्बु गाविसदेखि काठमाडौँको सुन्दरीजलसम्म २७ किमी सुरुङमध्ये २० किमी निर्माण कार्य सम्पन्न भएको र सात किमी बाँकी रहेको उनले बताए । डेढ महिनामा सुन्दरीजलबाट सिन्धु अडिटसम्मको १० किमी सुरुङ निर्माण सम्पन्न हुनेछ । यो अडिटको ७५० मिटर सुरुङ निर्माण मात्र बाँकी रहेको समितिले जनाएको छ ।

]]>