देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रमुख दल एक ठाउँमा आउनुपर्छः नेपाल

देशान्तर

दाङ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक शक्तिबीच सहमति हुनुपर्ने बताएका छन् ।

नेकपा (एमाले) दाङको १२ औँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले प्रमुख तीन दल एक ठाउँमा नआए अहिलेसम्मको उपलब्धि गुम्न सक्ने खतरा औँल्याए ।

एमाले स्थानीय चुनावमा बाधक नबन्ने बताउँदै उनले भने – “सत्तासीन दल नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसले पनि खुट्टा नकमाओस् । एमाले सरकारलाई सहयोग गर्न तयार छ ।”

नेता नेपालले आफूखुसी संविधान संशोधनको प्रयास गरिए एमालेले त्यसको प्रतिवाद गर्नेसमेत चेतावनी दिए । उनले जिल्लालाई कमजोर बनाउने प्रयास भइरहेको बताउँदै नागरिकलाई प्रभावकारी सेवा दिन जिल्ला बलियो बनाउनुपर्ने जिकिर गरे ।

]]>