देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागुऔषध तस्करीमा तानिए पूर्वसभासद् अग्रवाल

देशान्तर

काठमाडौं । औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल छानबिनमा तानिएका छन् । अनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स तथा टौरस फर्मा ल्याबले प्रिकर्सर रसायन दुरुपयोग गरेको पुष्टि भएपछि कम्पनीको गुड मेनिफेक्चिरिङ प्रोडक्ट (जिएमपी) लाइसेन्स रद्द भएको छ । प्रहरीले अनुसन्धान अघि बढाएपछि अग्रवाल तथा उनका अन्य व्यावसायिक साझेदार फरार छन् । औषधि व्यवस्था विभागले मंगलबार कम्पनीको जिएमपी लाइसेन्स रद्द गरेको  हो।

‘उनीहरूले ल्याएको प्रिकर्सर रसायन र उत्पादन गरेको औषधिमा धेरै तलमाथि देखियो,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने, ‘रसायन डाइभर्सन भएको पुष्टि भएपछि कारबाहीस्वरूप लाइसेन्स रद्द गरेका हौँ, थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।’ अनुसन्धान सुरु भएलगत्तै अग्रवाल फरार छन् । उनी पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमबाट समानुपातिक सभासद् थिए ।

लामो समयदेखि अग्रवालको कम्पनीले रसायन आयात गरेर अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीहरूलाई बिक्री गर्दै आएको प्रहरीको दाबी छ ।  विभागबाट फाइल ल्याएर अनुसन्धान भइरहेको र सञ्चालकहरू फरार रहेको ब्युरोका डिआइजी जयबहादुर चन्दले बताए । समाचार  आजको नयाँ पत्रिकामा छापिएको छ।

]]>