देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेट आश्रित विधेयक संसद्मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

देशान्तर

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेटसँग सम्बन्धित राष्ट्र ऋण उठाउने विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेटसँग आश्रित उक्त विधेयक आजै सदनमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

चालु बजेटको विनियोजन विधेयक यसअघि नै संसद्बाट पारित भइसकेको भएपनि सत्ता गठबन्धनमा आएको परिवर्तनले बजेटसँग आश्रित तीन विधेयक भने अस्वीकृत भएका थिए । सरकारले बाँकी दुई विधेयक पनि संसदमा लाने निर्णय गरेको छ । उक्त विधेयकहरुलाई वर्तमान सत्तारुढ दलहरुले नै फेल गराएका थिए ।

सरकारले अर्थमन्त्रालयका प्रमुख सल्लाहकारमा प्रा डा पुण्यप्रसाद रेग्मीलाई र विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा डा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, आयोगमा विश्वविद्यालयका उपकुलपतिबाट प्रतिनिधित्व हुने पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँ र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा ईश्वरीप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

]]>