देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अतिक्रमित वन सरकारले खाली गराएरै छाड्छ– मन्त्री भण्डारी

देशान्तर

चितवन । वनमन्त्री शङ्कर भण्डारीले संविधान कार्यान्वयन नभए अहिलेसम्मको उपलब्धि गुम्ने बताएका छन् ।

भरतपुरमा आज बिहान पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो अवस्था आए राजनीतिक दलहरुसमेत सङ्कटमा फस्ने बताए । सँगै संविधान निर्माणका क्रममा जुटेको प्रमुख विपक्षी नेकपा एमालेसहितका दलहरुले संविधान कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर संविधान संशोधन गर्न आवश्यक रहेको र यही तथ्यलाई मनन गरी संविधान संशोधन विधेयक अघि सारिएको उनले बताए ।

एक फरक प्रसङ्गमा उनले चितवनको बाँदरझुलामा सुकुम्बासीभन्दा हुकुमबासी बढी भएको भन्दै अतिक्रमित निकुञ्ज क्षेत्र खाली गर्ने दृढता प्रकट गरे । “जसको आफ्नो जग्गा छ, उनीहरु आफ्नै जग्गामा जानुपर्छ, जसको छैन उनीहरुलाई सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्छ” – मन्त्री भण्डारीले भने । देशभरका अतिक्रमण भएका वन क्षेत्रको संरक्षणका लागि विशेष कार्ययोजना बनाएर सरकार अघि बढेको उनले बताए ।

अतिक्रमण हटाउन अन्य मन्त्रालयसँग समेत समन्वय गरिरहेको मन्त्री भण्डारीको भनाइ थियो ।

]]>