देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चनाखो भई कलम चलाउन पत्रकारलाई पौडेलको आग्रह

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । 

विजयादशमी, दीपावली, छठ पर्वको शुभअवसरमा आयोजना गरिएको चियापान कार्यक्रममा उनले मुलुक सङ्गीन घडीमा उभिएको बताउँदै लोकतन्त्रलाई बदनाम गर्ने तत्व सक्रिय षड्यन्त्रमा लागेको बताए । 

“संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध गोलबद्ध भई सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन आम पत्रकार वर्गमा अनुरोध गर्छु”–वरिष्ठ नेता पौडेलले भने । 

वरिष्ठ नेता पौडेलले मुलुकलाई सङ्कटबाट मुक्त गर्ने उपाय राजनीतिक नेतृत्वको इच्छाशक्तिमा निर्भर रहेको जानकारी दिए । 

“लोकतन्त्रविरुद्ध मैले ठूलो षड्यन्त्र देखेको छु । तपाईंले कलम तिखो बनाई सोच्नुहोस्, चिन्तन, अनुसन्धान गरी सत्य तथ्य खोजी गर्नुहोस्” पत्रकारलाई लक्षित गर्दै वरिष्ठ नेता पौडेलले भने । 

विभिन्न समाचार माध्यममा कार्यरत तथा स्वतन्त्र एवम् वरिष्ठ पत्रकारहरुको भेलामा उपस्थित थियो ।

]]>