देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरीले राजनीतिक दबाबमा काम गर्नुहुन्न– महानिरीक्षक

देशान्तर

भीमदत्तनगर । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा आज आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘दबाबभन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्छ ।’ 

महानिरीक्षक अर्यालले भने– “राजनीतिक दबाब आए पनि त्यसलाई सुन्ने हो तर काम भन्ने न्याय र तथ्यका आधारमा कानुनको परिधिभित्र बसेर गर्नुपर्छ ।’ 

कञ्चनपुरलगायत यहाँका सीमाक्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने जनाउँदै उनले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको बताए ।

]]>