देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृषि तथा जलस्रोत समिति सभापतिमा बराल

देशान्तर

काठमाडौं । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । 

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज आयोजित समारोहमा नवनिर्वाचित सभापति बरालले शपथ लिएका हुन् । 

नेकपा (माओवादी केन्द्र)का सचेतक सीता नेपाली प्रस्तावक र नेकपा (एमाले)का काशीनाथ अधिकारीको समर्थनमा उम्मेदवारी दिएका उनी बिहीबार निर्विरोध सभापति पदमा चयन भएका हुन् । 

नेपाली काँग्रेसका तर्फबाट सिन्धुली क्षेत्र नं २ बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएका सभापति बराल यसअघि अर्थसमितिको सदस्य थिए। 

सिन्धुलीको रानीवास स्थायी घर भएका बरालले २०३९ सालबाट राजनीति यात्रा आरम्भ गरेका हुन् । उनले लामो समयसम्म प्राध्यापन गरेका थिए । 

मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा सक्रिय हुँदा पटक पटक गरी उनले एक वर्ष जेल जीवन बिताएका छन् । 

यसअघि उक्त समितिको सभापतिको जिम्मेवारी गगनकुमार थापाले वर्तमान मन्त्रीपरिषदमा स्वास्थ्य मन्त्रीभएसगै सभापति पद रिक्त भएको थियो । 

नव निर्वाचित सभापति वरालले आजै सिहदरवारस्थित समितिको सचिवालयमा आफनो पदभार सम्हालेका छन् ।

]]>