देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला

देशान्तर

काठमाडौँ  । नेपाली काँग्रेसका काठमाडौँमा उपलव्ध जिल्ला सभापतिहरुले नयाँ सरकारले बनाउने न्यूनतम् साझा कार्यक्रम बनाउँदा आफूहरुको पनि सुझाव लिन आग्रह गरेका छन् । नयाँ सरकार बन्ने वित्तिकै उक्त सरकारले केही न्यूनतम् कार्यक्रमहरु सार्वजनिक गर्ने भएकाले ती कार्यक्रमहरुमा जनतालाई प्रत्यक्ष राहत पुग्नेगरी कार्यक्रम बनाउनका लागि आफूहरुको सुझाव महत्वपूर्ण हुने काँग्रेसका जिल्ला सभापतिहरुको भेलालले निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय सानेपा ललितपुरमा आइतबार भएको भेलामा २० जिल्लाका सभापतिहरुको सहभागिता रहेको काभ्रे काँग्रेस सभापति मधु आचार्यले जानकारी दिए । यसैगरी सभापतिहरुको भेलाले अहिलेको सरकारले गठन गरेको स्थानीय पुनर्संरचना तथा सीमा निर्धारण आयोगको कार्यविधिलाई अस्वीकार गर्न पनि नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको छ । अहिलेको आयोगले स्थानीय तहको संख्या ५ सय ६४ बनाउने गरी कार्य अघि बढाएपछि काँग्रेसले यसमा विरोध जनाउँदै आएको छ । आयोगका पदाधिकारीसँग छलफल गरेर स्थानीय निकायको संख्या कम्तीमा एक हजार पुर्‍याउन आग्रह गर्नुपर्ने सभापतिहरुको भेलाले ठहर गरेको आचार्यले बताए । अहिलेको आयोगको कार्यविधि अव्यवहारिक र अबैज्ञानिक पनि रहेको बताउँदै परिमार्जन र यर्थाथपरक बनाउनका लागि नेपाली काँग्रेसकै नेतृत्वले छलफल अघि बढाउनुपर्नेमा पनि जोड दिइएको छ ।

यस्तै भेलाले नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला अबिलम्ब बोलाएर स्थानीय तहमा भएका समस्याको विषयमा छलफल गर्न पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको छ । काठमाडाँैमा उपलव्ध जिल्ला सभापतिहरुमा काभ्रे सभापति आचार्य सहित, काठमाडौ सभापति सबुज बानियाँ, भक्तपुर सभापति दुर्लभ थापा, रोल्पा सभापति अमरसिंह पुन, ताप्लेजुङ सभापति लिला बोखिम, नुवाकोट सभापति जगदीश्वर नरसिंह केसी, बर्दिया सभापति सञ्जय गौतम लगाएतको सहभागिता रहेको थियो ।

]]>