देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा प्रधानमन्त्री निर्वाचन प्रक्रियाः आज मनोनयन

देशान्तर

काठमाडौँ । व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि बुधबार मतदान मिति तोकिएको छ । निर्वाचन प्रक्रिया अनुसरा मंगलवार (आज) दलहरुको तर्फबाट उम्मेद्वारहरुले मनोनयन दर्ता गराउनेछन् । संसद सचिवालयले उम्मेद्वारी दर्ताका लागि मंगलबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्मको लागि समय तोकेको छ भने सो समयमा उम्मेद्वारी दर्ता गराएकाहरुको अन्तिम नामावली अपरान्ह साढे ४ बजे प्रकाशित गरिनेछ ।

बुधबार बिहान ११ बजे बस्ने संसद् बैठकमा सबै उम्मेद्वारले उम्मेद्वारी सुचना प्रस्तुत गरेपछि प्रस्ताव र समर्थकले समर्थन गर्ने, सबै उम्मेद्वारको सूचनामाथि सामुहिक रुपमा छलफल हुने र सबै उम्मेद्वारीलाई एकैसाथ निर्णायार्थ प्रस्तुत गरिनेछ । प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालको नाम अघि सारिएको छ भने एमालेबाट सुवासचन्द्र नेम्वाङको नाम चर्चामा छन् । यद्यपी एमालेको मंगलबार बस्ने स्थायी समितिको बैठकले उम्मेद्वारीको टुंगो लगाउने बताइएको छ ।

प्रधानमन्त्री निर्वाचित हुन संसदमा बहाल ५ सय ९५ को बहुमत अर्थात् २ सय ९८ भोट आवश्यक पर्छ । संसदमा नेपाली काँग्रेसका २ सय ७ र माओवादी केन्द्रका ८१ सांसद छन् । प्रधानमन्त्री निर्वाचित हुनको लागि थप १० भोट आवश्यक हुन्छ । फोरम लोकतान्त्रिकसँग १४ र राप्रपासँग १२ सांसद छन् । 

]]>