देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघमा सोह्र जना अध्यक्षका आकाङ्क्षी

देशान्तर

काठमाडौ । आइतबारदेखि काठमाडाँैमा सुरु हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ११औं राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्षका आकाङ्क्षी देखिएका छन् ।

नौ वर्षपछि हुन थालेको नेविसङ्घको महाधिवेशनमा नयाँ नेतृत्वका लागि नैनसिंह महर, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, दीपक भट्टराई र  जितजङ्ग बस्नेतले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यसैगरी सरोज थापा, नीलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, रत्न कार्की, राजीव ढुङ्गाना, क्षितिज भण्डारी, लक्ष्मण आचार्य, अमृत पन्थी र दीपक भण्डारी पनि आकाङ्क्षी देखिएका छन् ।

नेविसङ्घका प्रवक्ता युपी लामिछानेले धेरै वर्ष महाधिवेशन र स्ववियु निर्वाचन नभएका कारणले अध्यक्षको आकाङ्क्षी धेरै देखिएको बताए । विसं २०६४ यता नेविसङ्घको महाधिवेशन हुन सकेको छैन । छ महिनाभित्र २०६८ साल फागुनमा महाधिवेशन गराउन जिम्मा पाउनुभएका अध्यक्ष रञ्जित कर्णले पटक पटक महाधिवेशन गराउन खोज्दा असफल भएका थिए ।

यही साउन २३ देखि २५ गतेसम्म  भृकुटीमण्डपमहुने महाधिवेशनले १६१ कार्यसमिति चयन गर्नेछ ।

 

]]>