देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खेलकूदका एमाले आतंकित, माओवादीलाई प्रभाव पार्ने प्रयास

देशान्तर

काठमाडौं । सरकारबाट नेकपा एमाले बाहिरिएसँगै खेल क्षेत्रमा रहेका एमाले नेता तथा कार्यकर्ता आतंकित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी नेकपा माओवादी केन्द्रका दलजित सेर्पाइलीले प्राप्त गरेसँगै एमालेहरू आतंकित भएका हुन् । प्राप्त जानकारीअनुसार यतिबेला नेकपा एमालेका खेल नेताहरू माओवादीको ती नेता तथा कार्यकर्तासँग साँठगाँठका लागि गोप्य भेटघाटमा व्यस्त छन् । विभिन्न शक्ति केन्द्रमार्फत माओवादीहरूलाई आकर्षित गर्ने अभियानमा उनीहरू जुटेका छन् । 

यता खेल क्षेत्रमा सक्रिय नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पनि कसरी अगाडि बढ्ने भनेर छलफलमा उत्रेका छन् । तर खेल क्षेत्रका सक्रिय कांग्रेसीहरू सानोभन्दा सानो स्वार्थमा पनि रमाउने भएका कारण उनीहरूबाट त्यति ठूलो परिवर्तनको अपेक्षा गर्न नसकिने जानकारहरू बताउँछन् । एमालेले खेल नेतृत्व सम्हाल्दा पनि आफूलाई कांग्रेस भन्नेहरूले खेल क्षेत्रमा भत्ता, टिकट र केही सुविधामा लिप्त भएको दृश्य सबैको अगाडि ताजै छ । यी सबै विषयलाई आत्मसात् गरेको एमालेले खेल क्षेत्रमा आफ्नो झन्डा गाडी रहनका लागि जस्तोसुकै सम्झौता गर्न पनि पछि नपर्ने खेलकुद परिषद्का एक उच्च तहका कर्मचारीले बताए । 

स्रोतका अनुसार यतिबेला बाँकी रहेका खेल संघमा कब्जा जमाउने, जिल्ला संघहरू गठन गर्ने लगायतका काम गर्न एमालेका नेता तथा कार्यकर्ता व्यस्त देखिएका छन् । यति बेला एमालेका अन्य नेता तथा कार्यकर्ताभन्दा सर्वोच्च अदालतबाट अवैधानिक घोषित भएको जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी सबैभन्दा बढी तनावमा देखिएको छ । विगतमा गृह मन्त्रालय आफ्नै पार्टीको भागमा परेका कारण सर्वोच्च अदालतको निर्णयसमेत पनि कार्यान्वयन हुन एमालेले दिएको थिएन । यतिबेला गृह मन्त्रालय पनि नेपाली कांग्रेसको भागमा परेको छ । 

उता युवा तथा खेलकुद मन्त्रालय पनि एमाओवादीको भागमा परेको छ । जसले गर्दा जीवनराम समूहलाई आगामी दिनमा निकै अप्ठेरो पर्ने पक्कापक्की छ । ओलम्पिक कमिटिको अवैधानिक पक्ष फेरि एक पटक उठ्नेछ । यदि माओवादी र कांग्रेसको वर्तमान नेतृत्व प्रभावमा परेन भने उनीहरू कारबाहीको भागीदार हुने पक्कापक्की छ ।

 

]]>