देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वसन्तपुर दरबार पुनर्निर्माणमा आर्थिक चलखेल !

देशान्तर

काठमाडौं । एकातिर समयमा पुनर्निर्माण नगरेको भन्दै भूकम्पबाट क्षति भएका काठमाडौंका विश्वसम्पदा सूचीमा सूचीकृत पुरातात्विक र संस्कृति सम्पदाहरूलाई सूचीबाट हटाउने चेतावनी युनेस्कोले दिइसकेको छ ।  तर यता पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग तथा मन्त्रालयका अधिकारीहरूके चलखेलका कारण निर्माण झनै धकेलिँदै जान संकेत देखापरेको छ । 

पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र संस्कृति तथा पर्यटन मन्त्रालयले वसन्तपुर दरबार स्क्वायरको पुनर्निर्माणका जिम्मा निजी ठेकेदारलाई दिने तयारी गरेपछि वातावरण पुनर्निर्माणभन्दा पनि संकटोन्मुख हुँदै गएको छ । प्राधिकरण र विभागले त्यहाँ रहेका दुईवटा समितिलाई बाइपास गरेर अगाडि जान खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । वसन्तपुर दरबार स्क्वायरमा वसन्तुपुर विकास समिति र हनुमानढोका दरबार संग्रहालय रहेका छन् । 

पुरातात्विक संरचनाको पुनर्निर्माण गर्दा त्यहाँका सरोकारवालाहरूको रोहबरमा हुनुपर्ने अन्यथा त्यहाँको मौलिकता र पुरातात्विक महत्व हराउन सक्ने भन्दै उनीहरूले आफैं निर्माण गर्ने माग गर्दै आएका छन् भने यता प्राधिकरण र विभागले भने टेन्डरमार्फत निर्माण गर्ने बताएका छन् । समितिका पदाधिकारीहरूका अनुसार पाटन दरबार स्क्वायरमा पुनर्निर्माण गर्दा निजी कम्पनीलाई नदिएर त्यहाँका समिति तथा सरोकारवालाहरूले नै बनाउने भएको सन्दर्भमा वसन्तपुरमा मात्र आफूहरूलाई बाइपास गर्न खोजिएको आरोप लगाएका छन् ।

सरकारी अधिकारीहरूलो पुनर्निर्माणको लागि आफू निकटका कम्पनीलाई दिने र त्यसमा ठूलो आर्थिक लाभ लिन खोजेको आरोप पनि लगाएका छन् । सम्पदाको पुनर्निर्माणभन्दा पनि कसरी आफ्नो पल्ला भारी गर्न सकिन्छ भनेर सरकारी कर्मचारीहरू लाग्दा वसन्तपुरमा रहेका पुरातात्विक महत्वका सामग्रीहरू नष्ट भएर जाने जोखिम पनि बढ्दै गएको छ । 

 

]]>