देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारबाट बाहिरिएसँगै पार्टीमा पनि एक्लिए ओली

देशान्तर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली सरकारबाट बाहिरिएँंगै आफ्नै पार्टी एमालेमा पनि एक्लिँदै गएका छन् । संसदीय दलको नेता र पार्टी अध्यक्ष बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेका उपाध्यक्ष वामदेब गौतमले ओलीको साथ छोडेपछि उनी एक्लिएका हुन् । अहिले एमालेमा उपाध्यक्ष गौतम, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल एउटै मोर्चा बनेर नयाँ समीकरण बनेको छ । ओलीको साथमा अहिले संसदीय दलको उपनेता बनाएपछि पूर्वसभामुख सुवास नेम्बाङमात्र रहेका बताइएको छ । 

सरकारबाट अलग हुने बेलामा ओलीले नेम्बाङलाई प्रधानमन्त्री उम्मेदवार बनाएर विद्या भण्डारी राष्ट्रपति भएपछि खाली रहेको उपाध्यक्ष पदमा मनोनीत गर्ने तयारी थालेपछि माधव नेपालको टिमबाट एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष बनेर सरकारमा सहभागी हुनका लागि ओलीसँग नजिक भएको भीम रावल र नवौं महाधिवेशनमा ओलीकै समूहबाट महासचिव बनेका ईश्वर पोखरेल पनि संशकित भएका छन् । अहिले ओलीका खास मान्छेका रूपमा नेम्बाङबाहेक प्रदीप ज्ञवाली, शंकर पोखरेलमात्रै छन् । पछिल्लो समयमा उपमहासचिव एवं ओली सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेलले पनि साथ छोड्ने तयारी थालेको बताइएको छ । 

एमाले उपाध्यक्ष गौतम संसदीय दलको नेताको निर्वाचन र महाधिवेशनका बेला दिएको वचन पूरा नगरेको भन्दै अध्यक्ष केपी ओलीसँग रुष्ट छन् । गौतमकै सहयोगमा २०७० माघमा ओली तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै दलको नेता र २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै अध्यक्ष बनेका थिए । तर, गत वर्ष २४ असोजमा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि भने दुई नेताबीचको सम्बन्ध औपचारिकतामा मात्रै बनेको छ । 

गौतम कार्यवाहक अध्यक्ष एवं संसदीय दलको नेता दिने सहमति विपरीत ओली मौन बसेपछि रुष्ट बनेका हुन् । अझ त्योभन्दा पनि वैशाखको अन्तिम साता ओली सरकारलाई बजेटसमेत पेस गर्न नदिने गरी सरकार छोड्ने तयारी माओवादी केन्द्रले गरेपछि गौतमको पहलमा बजेटपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकारको नेतृत्व सुम्पने गरी ओली सरकार टिकाउन खेलेको भूमिकालाई समेत ओलीले अवमूल्यन गर्दै सो सहमतिबाट समेत पछि हटेपछि गौतम रुष्ट बनेको बताइएको छ । 

प्रधानमन्त्री भएपछि अध्यक्ष ओलीले प्रारम्भिक चरणमै उपाध्यक्ष भीम रावललाई उपप्रधानमन्त्री तथा रक्षा, उपमहासचिव विष्णु पौडेललाई अर्थ तथा नेता सोमप्रसाद पाण्डेलाई मन्त्री बनाए । ओलीलाई अध्यक्ष र संसदीय दलको नेता बनाउनका लागि दिलोज्यान दिएका गौतमलाई ओली प्रधानमन्त्री भइन्जेल न मन्त्री बनाउने बेलामा छलफल गरे न अरू कुनै काममा छलफल गरे जब सरकार संकटमा पर्‍यो ओलीले फेरि वामदेवलाई प्रयोग गरे । तर वामदेवले त्यो बेलामा गरेको सम्झौता पनि कार्यान्वयन नगरेपछि वामदेवले आफूलाई ओलीले प्रयोगमात्र गरेको ठानेर गुट छोडेको बताइएको छ । 

अहिले एमालेमा नेपाल, खनाल र गौतम एउटा मोर्चामा हुने रावल र पोखरेल पनि ओलीसँग असन्तुष्ट हुने खाली सुवास नेम्बाङ र अग्नि खरेललाई च्याप्दै जाँदा कुनै पनि दिन शंकर पोखरेल र प्रदीप ज्ञवालीले पनि ओलीको साथ छोड्ने विश्लेषण हुन थालेको छ । 

 

]]>