देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुस्लिम दाजुभाइले बनाए रामेश्वर महादेवको मन्दिर

देशान्तर

काठमाडौं । धर्म–धर्मबीच केही वैरभाव छैन। वैरभाव त मानिसले नै पैदा गरेको हो भन्ने सन्देशसहित पर्साका दुर्इ  मुस्लिम दाजुभाईले हिन्दुहरुका आस्थाका भगवान् रामेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका छन्।

विरगन्ज उपमहानगरपालिका–१०, पानी ट्यांकीका डा. जैनुद्दीन अन्सारी र बसुरुद्दीन अन्सारीले कुल ४८ लाखको लागतमा वीरगन्जको प्रसौनी विर्ता गाविस हालको वीरगन्ज उपमहानगरपालिका–२६ मा साढे ७ कट्ठा जमिनको क्षेत्रफलमा सो मन्दिर निर्माण गरिदिएका हुन्।

मुस्लिम दाजुभाईको लगानीमा बनेको हिन्दु धर्मावलम्बीहरुको सो मन्दिरको पूर्णरुपमा सञ्चालनका लागि आइतबार भव्य रुपले कलश यात्रा निकालिएको थियो। राजधानी दैनिकमा समाचार छ।

]]>