देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस वर्षको सुबोध स्मृति पुरस्कार विजय चौहानलाई

देशान्तर

बीरगञ्ज । यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार  वीरगंजका फोटोपत्रकार विजय चौहानलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

हरेक वर्ष भाद्र १ गते एकजना फोटो पत्रकारलाई २५ हजार राशीको सुबोध स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिदै आएको छ । यस वर्षदेखि उक्त पुरस्कार राष्ट्रिय फाटो पत्रकार समूह पर्साले प्रदान गर्नेछ । यस वर्षको पुरस्कार नेपाल टेलिभिजनका संवाददाता विजय चौहानलाई प्रदान गर्ने निर्णय भएको राष्ट्रिय फोटो पत्रकार समूह पर्साका अध्यक्ष पंकज श्रेष्ठले बताए ।

सुबोध स्मृति पुरस्कार प्रतिष्ठान वीरगंजले यस वर्षदेखि सो पुरस्कार वितरणको जिम्मा फोटोपत्रकार समूह पर्सालाई दिएकोमा समूहले फोटोपत्रकार चौहानलाई प्रदान गर्ने निर्णय गरेको हो ।

२०६५ वैशाख १२ गते भारतमा रेल दुर्घटनामा परी प्रतीक दैनिकमा कार्यरत फोटोपत्रकार सुबोध सिंहको अल्पायूमै निधन भएको थियो । वीरगंजलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने फोटोपत्रकार सिंहको स्मृतिमा प्रतीक दैनिकले २०६५ भदौ १ गतेदेखि नै सो पुरस्कार सञ्चालन गर्दै आएको छ । २०६५–२०७२ सम्म बारा, पर्साका फोटोपत्रकारहरु क्रमशः राम सर्राफ, राम क्षेत्री, उत्तम खड्गी, जीतलाल श्रेष्ठ, मनीष पौडेल, जियालाल साह, प्रवीण मानन्धर र प्रणयकुमार साहले पाइसकेका छन् ।

१० हजारबाट शुरु भएको पुरस्कारको राशि गतवर्षदेखि २५ हजार पारिएको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए । प्रतीक दैनिकको वार्षिकोत्सव भदौ १ गते कार्यक्रमको आयोजना गरी फोटोपत्रकार विजय चौहानलाई पुरस्कृत गरिने सुबोध स्मृति पुरस्कार प्रतिष्ठानका सचिव शत्रुघ्न नेपालले जानकारी गराए ।

]]>