देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिरामी लिएर काठमाडौँ उडेको फिस्टेल एयर हेलिकप्टर दुर्घटनामा, ७ को मृत्यु

देशान्तर

नुवाकोट  । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एउटै परिवारका पाँच जनाको निधन भएको छ । सो हेलिकप्टरमा जिल्लाको सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमति अज्ञानी, १९ वर्षीया सुत्केरी बुहारी प्रिती र उनको पाँच दिनको नवजात शिशु सवार रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमा काठमाडौँ लगिदै थियो ।  गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको जहाज नुवाकोटको मदनपुर– ९ बेतिनीस्थि टुच्चे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र  दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।

हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकै लक्ष्मी गुरुङ र सुनसरीको इटहरी घर भएकी जिल्लास्थित फेज नेपालमा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिए । जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायातको असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू हुन्  । 

]]>