देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयरबजार अचानक ओरालोमा

देशान्तर

काठमाडौं । नेपाली सेयरबजारको दुई दशकको इतिहासमा सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ । सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक ९५ दशमलव शून्य ३ प्रतिशत० घटेको छ । सोमबार सर्किट ब्रेक लगाएर बजार बन्द गर्नुअघि नेप्से परिसूचक १ हजार ६ सय ७५ दशमलव ९१ अंकमा पुगेको थियो ।

सोमबार बजार सूचकांकले कीर्तिमानी अंकको गिरावट व्यहोरेपछि नेप्सेले तत्कालका लागि लगातार उकालो लाग्ने सिलसिला गुमाएको विश्लेषकहरूले बताएका छन् । नेप्से अघिल्लो सातादेखि नै घट्दो प्रवृत्तिमा छ । अघिल्लो साताको बुधबार १२ साउनमा नेप्से १ हजार ८ सय ८७ अंकमा पुगेर ओरालो लाग्न थालेको थियो । पछिल्ला महिनामा औसत करिब २ अर्ब रुपैयाँको दैनिक व्यापार भएको नेप्सेमा सोमबार ८७ करोड ९४ लाख रुपैयाँभन्दा कमको सेयर व्यापार भयो ।

कारोबार संख्या पनि औसत १० हजारबाट झरेर ४ हजार ८ सयमा पुगेको छ । यस दिन नेप्सेमा १ सय ३० कम्पनीको ११ लाख ६२ हजार कित्ता सेयर व्यापार भयो । ‘अहिले बजार घट्नुमा नियामक निकायको हस्तक्षेप मूल कारण हो,’ इन्भेष्टमेन्टका महाप्रबन्धक अम्बिकाप्रसाद पौडेल भन्छन्, ‘बाह्य र आन्तरिक पक्ष निकै बलियो अवस्थामा रहेकाले समग्र बजार अझ धेरै घट्ला भन्ने लाग्दैन ।’ हालै नियामक निकाय सेबोनले बजारमा कालोधनको प्रयोग भएको भन्दै अनुसन्धान थाल्न समिति बनाएको छ ।

सेबोनले पटक–पटक लगानीकर्तालाई सचेत हुन चेतावनीपूर्ण सन्देश दिएको छ । यी कारणले नकारात्मक मनोवैज्ञानिक प्रभाव पर्दा बजार घटेको विश्लेषण छ । सेयर लगानीकर्ता संघले नियामक निकायका भूमिकामाथि आपत्ति जनाएको थियो । 

]]>