देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुईजना मन्त्री बनेपछि दुई राप्रपावीचको एकता भाँडियो

देशान्तर

काठमाडौं  । पुर्व पञ्चहरुको पार्टीका रुपमा परिचय बनाएका राप्रपा नेपाल र राप्रपाका बीचमा घोषणा गरे अनुसार भएको भए आज एकता घोषणा हुनुपर्ने हो । तर पटक  पटक सत्तामा लागि बिभाजित भएका पुर्वपञ्चहरु फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा दुई जना मन्त्री पठाउनका लागि एकता भाँडिएको छ ।

राप्रपा नेपालले सरकारमा सहभागि नहुने भन्दै दाहालको विपक्षमा मतदान गरेको थियो भने राप्रपाले ओली सरकारलाई दिएको सर्मथन फिर्ता लिएर दाहाल सरकारलाई सर्मथन गरेको थियो । ओली सरकार दुवै दल सरकारमा थिए । दुईजना अध्यक्ष रहने गरी एकताको अन्तिम घोषणा हुनै लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीचको एकता तुहिएको छ ।

ओली सरकारलाई दिएको समर्थन अन्तिम समयमा फिर्ता लिएर प्रचण्डतर्फ ढल्केको राप्रपा र अन्तिमसम्म ओलीलाई नै समर्थन गरेको राप्रपा नेपालबीचको एकता तुहाउने प्रमुख कारण पनि त्यही बनेको छ । पार्टी एकीकरणमा जानुपर्ने भएकाले अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जान नहुने राप्रपा नेपालको अडानलाई अस्वीकार गर्दै राप्रपाका अध्यक्ष पशुपति समशेर राणाले पार्टी एकता नै स्थगित भएको घोषणा गरिदिएपछि यो प्रक्रिया तुहिएको हो । यी दुई पार्टीबीच एकीकरण प्रक्रिया चलिरहेका अवस्थामा सरकारमा जान हुने र नहुनेबारेमा केही दिनदेखि तीब्र मतभेद थियो ।

यही विवादकाबीच राप्रपा नेपालसँगको एकतालाई स्थगित गर्दै राप्रपा अध्यक्ष राणाले आफ्ना दुई सांसद्लाई प्रचण्ड सरकारमा पठाएपछि एकताप्रक्रिया भाँडिन पुगेको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्तिम समयमा आएर पशुपति समशेर पार्टी एकताबाट पछि हटेको आरोप लगाएका छन् । ‘आज बिहान पशुपति समशेरजीलाई मैले पार्टी एकता र सत्तामध्ये एक छान्नुस भनेको थिएँ’, उनले सोमवार साँझ ट्वीट गर्दै भनेका छन्, ‘उहाँको छनौटले पार्टी एकताको चहाना राख्ने लाखौं कार्यकर्ता निराश भए ।’

अर्कातिर राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले भने विधान लगायतका कतिपय विषय अझै मिल्न बाँकी रहेकाले तत्कालका लागि एकता प्रक्रियाबाट पछि हटेको जनाएका छन् । ‘अन्तरिम विधान, पार्टीको झन्डासहितका विवादित विषय अझै मिलेका छैनन्’ , राप्रपाले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘यस्तो अवस्थमा पार्टी एकता प्रक्रियालाई अघि बढाउन नसकिएकाले स्थगित गरिएको छ ।’

दुबै पार्टीका अध्यक्षले एकताका लागि संयुक्त विज्ञप्ती पनि निकालिसकेका थिए । दुई पार्टीबीचको एकताप्रक्रिया भाँडिएलगत्तै राप्रपाले प्रचण्ड सरकारमा आफ्ना दुई सांसदलाई मन्त्री बनाएको छ । राप्रपाले दीपक बोहोरा र विक्रम पाण्डेलाई मन्त्री बनाउँदै प्रचण्ड सरकारमा पठाएको हो । बोहोरा अघिल्लो सरकारमा पनि मन्त्री थिए ।  

]]>