देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हेलिकप्टर कसरी पर्‍यो दुर्घटनामा

देशान्तर

काठमाडौं । उपचारका लागि पाँचदिने शिशु र १९ वर्षीया सुत्केरी प्रीति गुरुङसहित गोरखाको फिलिमका ६ जना यात्रु बोकेर आएको फिस्टेलको हेलिकप्टर काठमाडौं विमानस्थलदेखि १० माइल ९१ माइल बराबर १.६ किमि अर्थात १६ किलोमिटर उत्तरपश्चिमको नुवाकोटे आकाशमा थियो । करिब ४ देखि ६ मिनेटपछि बालाजुपास नाघेर यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसक्थ्यो।

तर दुर्भाग्य, निजी क्षेत्रको अग्रणीमध्येमै पर्ने फिस्टेल एयरको ५ वर्षअघि इटालीबाट खरिद गरेको सेकेन्ड ह्यान्ड बीटू हेलिकप्टर नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा ठोक्कियो । ६१ वर्षअघि सुरु नेपाली उड्डयन इतिहासमा यो १०३ औं हवाई दुर्घटनामा यो लेखिन पुगेको छ । नागरिक उड्डयनका अनुसार त्यसमध्ये हालसम्म ९८ वटा आन्तरिक उडानमा रहेका जहाज नै दुर्घटनामा परेका छन्, जसमा सोमबार दुर्घटनामा परेको फिस्टेलको युरोकोप्टर बीटू ३२ औं हेलिकप्टर दुर्घटनाको सूचीमा परेको छ ।

काठमाडौंदेखि ३५ माइल ५६ किलोमिटर हवाई दूरीमा पर्ने गोरखाको फिलिम पुग्न हेलिकप्टरले २० देखि २५ मिनेट समय लगाउँछन् । सोमबार बिहान क्याप्टेन रञ्जन लिम्बूले नै यो हेलिकप्टरलाई रसुवाको धुन्चे लगेका थिए । फिस्टेलका अर्का हेलिकप्टर पाइलट आशिष शेरचनका अनुसार त्यहाँबाट फर्केपछि लिम्बू साढे १० बजे फिलिमतर्फ उडेका थिए । १२ बजेतिर फिलिमबाट फर्केका उनले उडेको केही बेरपछि काठमाडौं टावरसँगै रहेको एप्रोच टावरलाई काठमाडौंबाट २५ माइल पर छु भनी लोकेसन टिपाएका थिए ।

विमानस्थलका निमित्त महाप्रबन्धक सुधीरकुमार चौधरीका अनुसार त्यसपछि उनले १५ माइल अनि १० माइलबाट आफ्नो अवस्था र उचाइबारे जानकारी गराएका थिए । १० माइलमा पुग्दा १२ बजेर २७ मिनेट गएको थियो । उड्डयन नियमअनुसार, १० माइलपछि हेलिकप्टरले एप्रोच टावरसँग संवाद गरिरहेको भीएचएफ फ्रिक्वेन्सी बदलेर टावरसँग संवाद गर्नुपर्छ । १२ बजेर २७ मिनेटमै १० माइलमा पुगेको हेलिकप्टरले टावरसँग कुराकानी नगरेपछि काठमाडौंको टावरबाट एटीसी तुलसीमाया पौडेलले हेलिकप्टरलाई कल गरेकी थिइन् ।

 विमानस्थलका एक अधिकारीका अनुसार भीएफआर हेर्दै अघि बढ्ने प्रणालीमा उड्ने हेलिकप्टरले बादलभित्र छिर्नै मिल्दैन । बादल छल्दै काठमाडौं उपत्यकाभित्र आउनुपर्ने हो । ‘यसले बादलमा नछिरेर कतै फोर्स ल्यान्डिङ गर्न सक्थ्यो, तर बिरामी भएकै कारण जसरी पनि उपत्यकाभित्र आउन खोजेको देखिन्छ,’ ती अधिकारीले भने । अधिकतम २०र२५ हजार फिटसम्म उड्ने क्षमता भए पनि सामान्यता हेलिकप्टर ६ हजार फिट हाराहारीमा भूमि हेरेर उडान गर्छन् । सोमबार दुर्घटनामा परेको बीटू हेलिकप्टर मौसम छल्ने प्रयास गर्दा दुर्घटनामा परेको आंकलन गरिएको छ । कान्तिपुर दैनिकमासमाचार छ । 

]]>