देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिस्टेल एयरको हेलिकप्टर दुर्घटना छानबिन समिति गठन

देशान्तर

काठमाडौं । सरकारले फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आज तत्कालीन हवाई विभागका महानिर्देशक हरिभक्त श्रेष्ठको अध्यक्षतामा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिका सदस्यमा नेपाली सेनाका प्रमुख सेनानी तथा हेलिकप्टर पाइलट सुवास थापा र सिम्रिक एयरका इन्जिनियरिङ निर्देशक विष्णु बस्न्यात सदस्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य सदस्यसचिव रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

सो छानबिन समितिलाई तीन महिनाभित्र सत्य÷तथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्र्न समय दिइएको छ । गोरखाबाट पाँच दिनकी सुत्केरीलाई लिएर सोमबार काठमाडौैँ आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको थियो ।

 

]]>