देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली सरकारका मन्त्रीहरूको भ्रमण खर्च दुई करोड ३५ लाख

देशान्तर

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा दुई करोड ३५ लाख ५९ हजार दुई सय ७५ रुपैयाँ खर्च गरेका छन्। ४१ जना मन्त्रीले नौ महिनाको अवधिमा जिल्ला भ्रमण गर्दा रकम खर्च गरेका हुन्।  मन्त्रिपरिषद् कार्यालयका अनुसार भ्रमणमा सबैभन्दा बढी निवर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले खर्च गरेका छन्। उनले १५ लाख ४८ हजार दुई सय ७० खर्च गरेको प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी चिरञ्जीवी पौडेलले बताए। सबैभन्दा कम स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले गरेका छन्। उनले ४५ हजार पाँच सय ५० मात्र खर्च गरेका छन्। 

मन्त्रीले जिल्ला भ्रमण जाँदा दैनिक तीन हजार रुपैयाँ भ्रमण भत्ता पाउँछन्। हवाईजहाजबाट यात्रा गरेको भए आवत–जावत टिकट खर्च पाउने व्यवस्था छ । मन्त्रीको टिममा रहेका व्यक्तिले पदअनुसार भ्रमण भत्ता पाउने कानुनी व्यवस्था छ। 
 
के छ सरकारी व्यवस्था  
मन्त्रीहरूको भ्रमण कार्यविधिमा भ्रमण टोली सानो हुनुपर्ने व्यवस्था छ। भ्रमण दलमा एक सुरक्षाकर्मी, स्वकीय सचिवालय र मन्त्रालयका तर्फबाट एक–एक गरी बढीमा तीनजनासम्मका लागि सरकारले खर्च व्यहोर्छ। जिल्ला भ्रमण गर्नुपूर्व प्रधानमन्त्रीबाट स्वीकृति लिने र भ्रमण मितव्ययी हुनुपर्ने व्यवस्था छ। एक जिल्लामा दुई दिनभन्दा बढी नबस्ने, उपलब्ध भएसम्म सरकारी गेस्टहाउसमा बस्नुपर्ने व्यवस्था कार्यविधिमा छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>