देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सानेपामा निर्वाचन कार्यक्रम हुनेगरि नेविसंघको निर्वाचन तालिका

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भातृंसगठन नेपाली बिद्यार्थी संघमा प्रतिनिधि विवाद मिलेपछि एघारौं महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ । जसअनुसार निर्वाचन समितिले बिहीबार मतदाता नामावली प्रकाशन गर्ने छ भने शुक्रबार उम्मेदवारी दर्ता र शनिबार मतदान गर्ने कार्यतालिका तय भएको छ ।

यही साउन २३ गतेदेखि सुरु भएको नेविसंघ महाधिवेशन विवादका कारण लम्बिएको छ । पूर्व निर्धारित योजनाअनुसार महाधिवेशन २५ गते नै सक्ने कार्यक्रम थियो ।

नेविसंघ नेता यूपी लामिछानेका अनुसार महाधिवेशन नटुंगिएपछि निर्वाचन प्रक्रियाका बाँकी कामहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने छन् । नेविसंघले २३ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डपको हल भाडामा लिएको थियो । विहीबार भृकुटीमण्डपमा अर्कै कार्यक्रम भएकाले नेविसंघ महाधिवेशनका बाँकी प्रक्रिया पार्टी कार्यालयमा गर्न लागिएको हो ।

]]>