देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि नेविसंघको विवाद मिल्यो, भोलि उम्मेदवारी दर्ता पर्सि निर्वाचन

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघमा ११ औं महाधिवेशनमा सहभागि हुने प्रतिनिधि विवाद मिलेको छ । हिजो बन्दसत्र गर्ने गरि अस्ती मिलेको विवाद फेरि बल्झिएपछि महाधिवेशन अन्यौलमा परेको थियो ।

अब भोलि उम्मेदवारी दर्ता र पर्सी चुनाव हुनेछ । कांग्रेसले बनाएको निर्देशन समितिले प्रतिनिधि विवाद मिलाएपछि पनि सहमति विपरित अध्यक्ष रन्जित कर्णले कुन्दन काफ्ले समूहको नाम काटेको भन्दै फेरि विवाद सुरु भएको थियो । निर्देशक समितिका सदस्य प्रदिप पौडेलका अनुसार अब विवाद मिलेको छ । र, आजै प्रतिनिधिहरुको सूची टाँसिनेछ ।

भोलि उम्मेदवारी दर्ताका समय तोकिनेछ भने पर्सी नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने समझदारी भएको छ ।

]]>