देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटौला समुहका कारण नेविसंघको महाधिवेशन अन्योलमा

देशान्तर

 
काठमाडौं  । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशन कांग्रेस पुर्वमहामन्त्री कृष्ण सिटौला निकट बिद्यार्थीहरुका कारण अनिश्चित भएको छ । पार्टी गठन गरेको प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिमा भएको सहमति मिच्दै प्रतिनीधिहरुको नामावली बुझाएपछि महाधिवेशन अनिश्चित भएको छ । निर्देशक समितिले विवादीत भनेको ११ जिल्लाबाट एउटा सिलिङ तोकेर बढिमा ती जिल्लाबाट सिटौला समुहका बिद्यार्थीहरुलाई प्रतिनीधि थप गर्न दिने सहमति भएको थियो ।

सो समुहलाई ती विवादीत जिल्लाबाट जम्मा २ सय १४ जना प्रतिनीधि थप गर्ने सहमति भएको थियो । त्यसैगरि नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष महेन्द्र शर्माको समुहलाई १ सय १० प्रतिनीधि दिने सहमति भएको थियो । तर अहिले सिटौला निकट बिद्यार्थीहरुको समुहले हरेक जिल्लाबाट आफु निकट बिद्यार्थी नभेटेपछि केहि प्रदेशमालाई तार्गेट गरेर प्रतिनीधि निर्देशक समितिलाई बुझाएका छन् । उनिहरुले दोलखाबाट मात्रै सय जना प्रतिनीधिको नाम पठाएको निर्देशक समितिका एक सदस्यले जानकारी दिए ।

दोलखा सिटौला निकट बिद्यार्थी नेता कुन्दन काफ्लेको गृह जिल्ला हो । दोलखाबाट सय जना प्रतिनीधिको नाम पठाएपछि उनिहरु ३ नम्बर प्रदेशमा बलियो हुने देखिएको छ । अहिले नेपाल बिद्यार्थी संघका प्रदेशबाट एक उपाध्यक्ष एक सहमहामन्त्री सहित केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । त्यसै गरि सो समुहले आफ्नो भागमा परेको प्रतिनीधि मध्ये अधिकांश उपत्यका र काठमाण्डौ जिल्लाबाट पठाएका छन् । उपत्यकाबाट समेत सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । 

निर्देशक समितिमा भएको सहमति अनुसार प्रतिनीधि नपाई सिटौला समुहले सडकमा जो जो भेटिन्छ तीनहरुलाई प्रतिनीधि बनाएको भन्दै अध्यक्षका प्रत्यासी दीपक भट्टराई समुहले आक्रोश व्यक्त गरेको । विधी र प्रक्रियाको आवरणमा वास्तविक बिद्यार्थीलाई प्रतिनीधि नबनाइ गैर बिद्यार्थीलाई पठाउने काम नरोकिए भट्टराई समुहले महाधिवेशनका बाँकी प्रक्रिया बहिष्कार गरि अमरण अनसन गर्ने तयारी सुरु गरेको छ । 

उनिहरुले विधी र प्रक्रियामा नाममा महाधिवेशनको प्रक्रिया लम्ब्याएको तथा लामो समय सम्म बिद्यार्थीहरुलाई अन्यौलमा राखेर मतदानमा सहभागि नभई बिद्यार्थीहरुलाई घर फर्कन बाध्य बनाउन लागिएको तथा भागबण्डाका नाममा आएका गैर बिद्यार्थीहरुलाई प्रतिनीधि बनाउने निर्णय खारेज नगरे आमरण अनसन बस्ने तयारी गरेको बताइएको छ । 

आज बिहान मात्रै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट बिद्यार्थीहरुको भेलाले निर्देशक समितिमा भएको सहमति बिपरित  प्रतिनीधी सहभागि गराइए आमरण अनसन बस्ने तयारी गरेको बताइएको छ । बिद्यार्थी नेता दीपक भट्टराईले कुनै प्रदेश र कुनै कुनै बिद्यार्थी नेताहरुको राजनीतिक भविश्य समाप्त पार्ने गरि निर्देशक समितिमा भएको सहमति विपरित प्रतिनीधि सहभागि गराइए आफु आमरण अनसन बस्ने बताए । 

 

]]>