देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६८ जनालाई सहिद घोषणा गर्न गठबन्धनको माग

देशान्तर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तराई÷मधेसमा आन्दोलनका क्रममा मारिएका ६८ जनालाई सहिद घोषणा गर्नुपर्ने सूची उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ ।

गृह मन्त्रालयमा आइतबार भएको छलफलमा गठबन्धनले आफूहरुसँग आन्दोलनको क्रममा मारिएका प्रहरीसहित ६८ जनाको सूची रहेको र उनीहरुलाई सहिद घोषणा गर्नुपर्ने माग गरेको थियो ।

गृह मन्त्रालयले भने आफूहरुले पेस गरेकोभन्दा दुई÷तीन जना कम व्यक्तिको सूची बैठकमा प्रस्तुत गरेको सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी दिए ।

गृह मन्त्रालयले पर्सामा मारिएका भारतीय नागरिक आशिषकुमार राम, सप्तरीमा आन्दोलनका क्रममा भाग्दा करेन्ट लागेर मरेका शिवशङ्कर दास र गाडीको ठक्करबाट मरेका बालककृष्ण रायलगायत व्यक्तिको सूची राखेको छैन ।

छलफलमा सहिद घोषणासँगै आन्दोलनको क्रममा घाइते भएकालाई निःशुल्क उपचार खर्च, अपाङ्ग भएकालाई जीवन निर्वाह भत्ता, पक्राउ परेकालाई रिहा, मुद्दा फिर्ता र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेलगायत विषय गठबन्धनले राखेको अध्यक्ष झाले जानकारी दिए ।

जवाफमा उपप्रधानमन्त्री निधिले गठबन्धनले राखेका अधिकांश माग पूरा गर्न सरकार तयार रहेको र आगामी मन्त्रिपरिषद् बैठकबाट तीनलाई सम्बोधन गरिने बताएका थिए ।

छलफलमा गठबन्धनका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी थिए ।

]]>