देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अबदेखि सांसदले खाजा–खाना नपाउने

देशान्तर

काठमाडौं । व्यवस्थापिका–संसदका समितिहरुको बैठकमा अबदेखि सांसदले खाजा–खाना नपाउने भएका छन्। संसद सचिवालयले १ भदौदेखि लागू हुने गरी साँझ–बिहान बैठक बस्दा उपलब्ध गराउँदै आएको खाना–खाजा उपलब्ध नगराउने निर्णय गरेको हो।

यसअघि सांसदले संसदका समितिको बिहान ९ बजे अगाडि र साँझ ७ बजेपछाडि बैठक बस्दा कुपनका आधारमा खाना र खाजाको व्यवस्था गरिँदै आएको थियो। सभामुख ओनसरी घर्तीको उपस्थितमा आइतबार बसेको सचिवालय बैठकले अबदेखि खाजा–खानाको कुपिनको साटो बैठकमा उपस्थिति भएको हाजिरीका आधारमा सम्बन्धित सांसदलाई आफ्नै खातामा थप भत्ता दिने निर्णय गरेको हो।  बिहानको बैठकका लागि चार सय र साँझ ७ बजेपछि बैठक बस्नु परेमा थप चार सय गरी आठ सय रुपैयाँ उपलब्ध गराउने निणैय भएको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए।

यसअघि सांसदले समिति बैठकमा सहभागी हुँदा एक सय ५० रुपैयाँ भत्ता र खाजा खानाको कुपन पाउँदै आएका थिए। सभामुख घर्तीले भने सचिवालयको यस्तो निर्णय आर्थिक मितव्ययिताका लागि बनाइएको बताएकी छिन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>