देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्घटनाग्रस्त बसको रुटपरमिट थिएन, चालकको लाइसेन्स नै नक्कली

देशान्तर

काठमाडौं ।  सोमबार काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बसचालको सवारी अनुमतिपत्र लाइसेन्स नक्कली भएको तथ्य खुलेको छ । भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासँग मन्त्रालयमै गरेको छलफलमा उक्त बसका चालकको लाइसेन्स नक्कली भएको खुलेको हो । छलफलमा दिइएको सूचनाअनुसार सोमबार दुर्घटनामा परेको बसका चालकको लाइसेन्स नक्कली भएको फेला परेको छ ।

बस चालकले प्रयोग गरेको अनुमति पत्र नम्बर यातायात व्यवस्था कार्यालयबाट अकैंको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । पानी परेको समय, कच्ची उकाले भीरको बाटो भए पनि क्षताभन्दा तीन दोव्वर भारवहन र चालकको लापरबाहीकै कारण दुर्घटना निम्तिएको सरकोकार वालाको निष्कर्ष रहेको छ । वा ३ ख १०६ नम्बरको यात्रुबस सोमबार दिउँसो दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । राजधानी दैनिकमा समाचार छ । 

यस्तै  काभ्रेको विर्ता देउरालीमा सोमबार दुर्घटनाग्रस्त बसले रूट परमिट नै नलिइ बस सञ्चालन गरेको खुलेको छ । यातायात व्यवस्था विभागले सो रूटमा हालसम्म सार्वजनिक यातायात सञ्चालन गर्न परमिट नै जारी नगरेको जनाएको छ । विभागका निर्देशक बसन्त अधिकारीले दुर्घटनामा परेको बा ३ ख १०३ नम्बरको बसले काठमाडौं–जिरी चल्न रूट परमिट पाएको थियो ।

 ‘उक्त सडकमा सार्वजनिक बस चलाउने परमिट नै दिइएको छैन,’ अधिकारीले भने,’ उक्त बसलाई काठमाडौं–जिरी चलाउन परमिट दिइएको थियो ।’ धेरै पहाडी जिल्लामा रूट परमिट बिनै बस चल्दै आएको र ट्राफिक प्रहरीले कारबाही गर्न नसकेको उनले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

]]>