देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेतृत्व चयनका लागि नेपाल बिद्यार्थीमा चुनाव आज

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुँदै छ। महाधिवेशन उद्घाटन भएको नौ दिनपछि प्रतिनिधि विवाद सुल्झिएपछि नौ वर्षपछि जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान हुन लागेको हो। ११औं महाधिवेशन उद्घाटन भएको १० दिनपछि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय, सानेपामा नयाँ नेतृत्वका लागि मतदान हुने संघको निर्वाचन समितिले जनाएको छ ।

समितिले बिहान ७ बजेदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि रातिसम्म तयारी पूरा नभएकाले केही ढिलो गरी मतदान सुरु हुने जनाइएको छ । अध्यक्षसहित १ सय २९ सदस्यीय कार्यसमितिका लागि हुने निर्वाचनमा झन्डै सात सय प्रतिस्पर्धामा छन् ।

अध्यक्षमा सात जनाले उम्मेदवारी दिए पनि सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानल तथा नेता रामचन्द्र पौडेल निकट प्यानलबीच कडा प्रतिस्पर्धा हुनेछ । झन्डै ३ हजार ८ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने मतदानमा सभापति देउवा र सिटौलाको संयुक्त प्यानलको नेतृत्व नैनसिंह महरले गरेका छन् भने पौडेल पक्षको मनोजमणि आचार्य । आफूले जित्ने दाबी गर्दै आएका महर र आचार्य पक्षले पदाधिकारीसहित सदस्यसम्म प्यानल उम्मेदवारी दिएका छन् ।

त्यस्तै, अध्यक्षमा शुभराम बस्नेत, लक्ष्मण आचार्य, आनन्दराज त्रिपाठी, नगेनसिंह ठकुरी, बचन कार्कीले पनि उम्मेदवारी दिएका छन् भने पदमराज पन्तले फिर्ता लिएका छन् ।

महर नेतृत्वको प्यानलबाट महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा तथा आचार्य प्यानलबाट दीपक भट्टराई र हिमालदत्त श्रेष्ठले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा अन्य दुई जनाको उम्मेदवारी छ । निर्वाचन समितिले विद्युतीय र मतपत्र गरी दुई विधिबाट निर्वाचन गर्ने भएको छ । ४० विद्युतीय मेसिन प्रयोग र ११ मतपत्र प्रयोग गरी निर्वाचन गराउने तयारी भएको जनाउँदै कांग्रेस सचिव प्रदीप पराजुलीले चुनावको सम्पूर्ण तयारी पूरा भएको बताए ।

समावेशीसहित १३ उपाध्यक्ष, एक मनोनीतसहित तीन महामन्त्री, एक कोषाध्यक्ष, प्रदेशबाट सात, समावेशीतर्फ चार, कर्णालीसहित पिछडिएका नौ जिल्लाबाट एक, उपत्यकाबाट एकसहित १६ सहमहामन्त्री व्यवस्था छ ।

]]>