देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस मन्त्रीको टुंगो आइतबार

देशान्तर

काठमाडौं । सत्ता साझेदार दल नेपाली काग्रेसले आइतबार भित्र मन्त्रीको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने भएको छ।पार्टी भित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिइ शनिबारसम्म बुझाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तिब्र पारेका  छन् । कांग्रेसले शक्तिशाली भातृ संगठन नेविसंघ अधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको छ। नेविसंघमा निर्वाचनबाट नयाँ नेतृत्व छनोट सुरू गरिसकेकाले सभापति देउवाले मन्त्रीहरूको सूची बनाउन लागेका हुन्। स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिन पनि देउवा मानसिक रूपमा तयार भइसकेका छन्।

मन्त्री छनोटको सूचीमा परेकाले उनले फोन गरेर संकेत दिएको उनी निकट एक नेताले बताए। स्रोतका अनुसार पौडेल पक्षलाई चारदेखि पाँच मन्त्री दिने निष्कर्षमा उनी पुगेका छन्। पौडेल पक्षले कम्तिमा ५ मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ। पौडेल पक्षबाट पठाइने नाम पनि लभगभ तयार भइसकेको छ। पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवि यादव, डा. शेखर कोइराला मन्त्री बनेर जाने निश्चित भइसकेको छ।

स्रोतका अनुसार गृह नपाएपछि चिढिएका अर्जुननरसिंह केसीलाई शिक्षा मन्त्रालय दिएर फकाउने प्रयास भइरहेको छ। तर केसी स्वंयले शिक्षा पाए मन्त्री बन्ने संकेत सभापति देउवालाई दिइसकेका छन् । सुरुमा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय केसीकै कारण कांग्रेसले लिन खोजेको हो । केसीले शिक्षा रोजेका कारण सभापति देउवाले माओवादी मन्त्रीले सपथ ग्रहण गर्नु केहीबेरअघि प्रधानमन्त्री दाहाललाई फोन गरेर शिक्षा कांग्रेसलाई राख्न आग्रह गरेका थिए ।

शिक्षाको ठाउँमा माओवादीले स्वास्थ्य मन्त्रालय पाउने भएको छ । सभापति देउवाले केसीलाई रक्षा मन्त्रालय दिने मानसिकता बनाएको भए पनि उनले अस्वीकार गरेका कारण सो मन्त्रालयको जिम्मेवारी अब बालकृष्ण खाँणलाई दिने तयारी भइरहेको छ । देउवाले यसको संकेत खाँणलाई दिइसकेका छन् ।

आफ्ना विश्वासपात्र खाँणलाई पहिलो चरणमै मन्त्री बनाउने उनको चाहना भए पनि पार्टीभित्रको विवादबढेपछि सफल भएको थिएन ।यसैगरी, देउवाले कर्णालीबाट जीवन शाही, मधेसबाट फरमुल्लाह मन्सुर र जनजातिबाट भीष्म आङदम्बेलाई मन्त्री बनाउने सोच बनाएका छन् । राजधानी दैनिकमा समाचार छ । 

]]>