देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झुठो विवरण पेस नागरिकता दिलाउने तीन पक्राउ

देशान्तर

रसुवा । झुठो विवरण पेस गरी नगरिकता दिलाएको आरोपमा राम्चेका तीन व्यक्ति पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा राम्चे गाविस–५ का मिङ्मर गलान, सोही गाविस वडा नं ४ बस्ने स्याङ्डुप तामाङ र दावा सिङ्गी स्याक्पा रहेका छन् ।

उनीहरुमाथि २०६७ सालमा छोरी नाताका तीन नाबालकलाई साबालक बनाई झुठो विवरण लेखाएर नागरिकता दिलाएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

उनीहरुमाथि नाबालक बालबालिकालाई रोजगारीका लागि खाडी मुलुकमा पठाउन कानुन विपरीत काम गरेको आरोप लगाइएको छ । नागरिकता प्राप्त गरेका नाबालक विदेश जान र लान अध्यागमनले रोकेपछि रहस्य खुलेको हो ।  नागरिकता प्राप्त गर्नेमा सोही स्थानकी थिमोयाङ्जी गलान, पासाङ् टोमो तामाङ र छेसाङ तामाङ रहेका छन् । 

]]>