देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपप्रधानमन्त्री निधि आजदेखि भारत भ्रमणमा

देशान्तर

काठमाडौं ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले बिहिबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा भारत प्रमण गर्दैछन् । उप्रधानमन्त्री नीधिले भदौ अन्तिम साता प्रधानमन्त्री दाहालको भारत भ्रमण गराउने विषयमा भारतीय उच्च अधिकारीसँग छलफल गर्नेछन् । त्यसैगरि असोजमा संविधान जारी भएको उपलक्ष्यमा नेपालमा हुने बिषेश कार्यक्रममा भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्नका लागि निम्तो तउ गर्ने बताइएको छ ।  

यसपटक निधिले मुखर्जीको भ्रमणलाई उच्च प्राथमिकता दिएर भारतीय अधिकारीसाग कुराकानी गर्नेछन् । मुखर्जीसँगको भेट पनि भ्रमणकै विषयमा केन्द्रित रहनेछ । त्यसैगरि वैशाखमा तय भएर अघिल्लो सरकारले स्थगित गरेको भारत भ्रमण सुचारु गर्ने विषयमा पनि निधिले कुराकानी गर्नेछन् । भारतीय राष्ट्रपतिको भ्रमणभन्दा पछाडि राष्ट्रपति बिद्या भण्डारीलाई भारत भ्रमणमा पठाउने सरकारी तयारी छ । 

नाकाबन्दीपूर्वको अवस्थामा भारतसागको सम्बन्ध सुधार निधिको प्राथमिकतामा छ । मधेसी आन्दोनलकारीसाग सहमति कायम गर्ने र भारतसागको सम्बन्ध सहज बनाउने विषयमा मोदीले सरकारी र राजनीतिक नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

]]>