देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघमा मतदान सकियो , ३२६० मत खस्यो

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि बुधबार मध्यान्हदेखि भएको निर्वाचन बिहिबार बिहानसम्म जारी छ  ।  बिहिबार बिहान ८ वजे हाराहारीमा मतदान  सकिएको छ । मतदान कार्यक्रम रातभर चलेको थियो  । निर्वाचन समितिका अनुसार ६ सय मतदाता अनुपस्थित भएका छन भने ३२ सय ६० मत खसेको छ । 

निर्वाचन कमिटीले राती १ बजेभित्र  मतदान कार्ड लिएका  प्रतिनिधिलाई मतदानका लागि लाइनमा बस्न प्रतिनिधिहरुलाई निर्देशन दिएको छ ।  नेविसंघमा ३८ सय बढी प्रतिनिधि रहेका छन्  ।

मतदान विद्युतिय भोटिङ मेसिनबाट चलिरहेको भएपनि एउटामात्रै बुथको व्यवस्था गरिँदा ढिलाइ भएको  बताइएको छ । मतदान प्रक्रिया लम्बिएपनि मत परिणाम भने निर्वाचन सकिएको केहि घण्टामै आइसक्ने बताइएको छ ।

]]>