देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योग दर्ता हुन्छन्, सञ्चालन हुँदैनन्

देशान्तर

काठमाडौं । काभ्रेमा स्थापना भएका घरेलु तथा साना उद्योगमध्ये अधिकांश सञ्चालनमा आउन सकेका छैनन्। पर्याप्त जानकारी बिना अरुकको देखासिकी गरि उद्योग स्थापना गर्ने होडका कारण यस्तो अवस्था आएको हो । आफूले सञ्चालन गर्ने व्यवसायको भविष्य र त्यसका सम्भावनाका विषयमा राम्रो जानकारी नभई उद्योग दर्ता गर्ने प्रचलनले सञ्चालन हुन नसकेको हो।

सरकारी र गैरसरकारी संघसंस्थाको अनुदान र सेवा सुविधाका लागि उद्योग दर्ता गर्नेको संख्या बढेर ६ सय ३२ वटा दर्ता भएको घरेलु तथा साना उद्योग धुलिखेलले जनाएको छ ।

यस आवका उत्पादनमूलक ६८ सेवामुलक एक सय ९५ कृषि तथा वन अन्य दुई सय ९६ र पर्यटनमा ७३ उद्योग दर्ता भएका छन् । सरकारले दिने कृषि अनुदान प्राप्त गर्ने उदेश्यले उद्योग दर्ता भए पनि सञ्चालन नगर्ने परम्परासमेत विकास हुँदै गएको छ । अन्नपुर्णपोष्टमा समाचार छ । 

]]>