देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपप्रधानमन्त्री निधि र भारतीय राष्ट्रपति भेटवार्ता आज

देशान्तर

काठमाडौं । प्रधानमन्त्रीका विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एंव गृहमन्त्री  विमलेन्द्र निधिले आजबाट नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता सुरु गर्नेभएका छन् । उपप्रधानमन्त्री निधिले आज साँझ ६ बजे राष्ट्रपति प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा भेटवार्त गर्ने कार्यक्रम तय भएको छ ।

भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीको नेपाल भ्रमणको  निमन्त्रणा हस्तान्तरण गर्नेछन् भने दुई छिमेकी देशको सम्बन्धबारे छलफल हुनेछ । संविधान जारी भएको दिन ३ असोजमा आयोजना गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रुपमा मुखर्जीलाई निमन्त्रणा गर्न लागिएको जनाइएको छ । उपप्रधानमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग आजै दिउँसो १ देखि ३ बजेसम्म भेटवर्ता गर्ने तय भएको छ ।

भेटमा नेपाल भारत सुरक्षा मामिला लगायतका विषयमा छलफल हुनेछ । निधिले शनिबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री निधि बिहीबार साँझ नयाँदिल्ली पुगेका हुन् ।

]]>