काठमाडौं । तोकिएको अवधिमा लिन नगाएका भन्दै खारेज गर्ने तयारीमा राखिएका सवारीसाधान अनुमतिपत्र खारेज नहुने भएको छ । एकपटकका लागि मौका दिइने भन्दै यातायात व्यवस्था विभागले लाइसेन्सको खारेजी एक पटकका लागि रोकेको हो ।
यसका लागि विभागले महिना दिने अवधि दिएको छ । महिना दिनभित्र पनि लिन नआइएको लाइसेन्स भने खारेज गरिनेछ । विभागका अनुसार सवारीसाधानधनीले लाइसेन्स लिन १५ भदौदेखि १५ असोजसम्म विभागको कार्यालय पुगिसक्नुपर्नेछ । यस अविधभित्र पनि नबुझिएका लाइसेन्स भने सधैका लागि खारेज गरिनेछ ।
विभागका अनुसार यसरी लाइसेन्स लिने सरावरीधनीले जरिवाना दस्तुर भने डवल तिर्नुपर्ने हुन्छ । विभागका अनुसार ०७२ भन्दा अघि कारबाहीमा परेका लाइसेन्सको हममा मात्रै यो सुविधा लागू गरिनेछ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया