देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसमा मन्त्रीको विवाद मिल्यो, भोलि शपथ

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसमा वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली पठाउने सम्बन्धमा देखिएको विवाद मिलेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रालय बाँडफाँडमा सम्मानजनक अवस्था नभए सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको भोलिपल्ट विवाद मिलेको छ । 

नेता पौडेल समूहको मागअनुसार आज बिहान भएको छलफलपछि सभापति शेरबहादुर देउवा समूह पाँच मन्त्रालय पौडेल समूहलाई दिने सहमत भएको हो । यसअघि नेता पौडेल समूहले पाँच मन्त्रालयको माग गर्दै नपाए सरकारमा सहभागी नहुने जनाएको थियो । 

सरकारमा सहभागी हुने सबै मन्त्रीहरुको टुङ्गो आजै लाग्ने र नामावली प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइने काँग्रेस नेतासमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्रीले विमलेन्द्र निधिले जानकारी दिए । 

राष्ट्रपति विद्यादेवी भण्डारी आज कृष्णाष्टमीका अवसरमा हुने विभिन्न कार्यक्रममा व्यस्त रहने भएकाले मन्त्रीहरुको शपथ भने भोलि शुक्रबार मात्र हुने भएको स्रोतले जानकारी दिएको छ । 

वर्तमान सरकारमा नेकपा (माओवादी केन्द्र)ले आठ र काँग्रेसले १३ मन्त्रालय पाउने सहमति भएको थियो । काँग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायात व्यवस्थामन्त्रीका रुपमा रमेश लेखकले शपथ लिइसकेका छन् । 

]]>