देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाबुरामको नयाँ शक्तिमा वरीयता विवाद

देशान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा वरीयताको विषयमा पार्टीभित्र असन्तुष्टि बढेको छ। पार्टीका हालै सम्पन्न सचिवालय बैठकमा तीनजना पार्टी सहसंयोजक चयन भएपछि दोस्रो वरीयताका विषयमा पार्टीभित्र अन्योलता र असन्तुष्टि चुलिएर गएको हो।  

नयाँ शक्तिले सह संयोजकहरुमा रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई चयन गरेको थियो। मधेसी कोटाबाट झा, आदिवासी जनजातिबाट कर्मोचा र महिला तथा दलितबाट समानुपातिक हुने गरी सोबलाई  चयन गरेको जनाएपनि यो संरचनाले पार्टी विकास नहुने भन्दै सशस्त्र युद्ध लडेर आएका माओवादी नेताहरु भने असन्तुष्ट रहेको स्रोतले बतायो।

नयाँ शक्तिका नेता पर्शुराम तामाङले बरियताका क्रममा नसोचिएको भएपनि सहसंयोजक बनाएकाले बरियताक्रम त्यही अनुसार हुनसक्ने बताए।  राजधानी दैनिकमा समाचार छ।  

]]>