देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा

देशान्तर

काठमाडौं ।  काठमाडौं उपत्यकामा ३६ वर्षपछि धेरै वर्षा भएको छ । उपत्यकामा बुधबार बिहान ८स्४५ देखि बिहीबार बिहान ८स्४५ सम्मको २४ घन्टामा ९५ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा वर्षा भएको २४ घन्टाको रेकर्ड २७ जेठ ०३७ को २४ घन्टाको भन्दा केही कम हो ।

सो वर्षको २४ घन्टामा १०० दशमलव १ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको तथ्यांक छ ।उपत्यकामा यस वर्षको मनसुन सुरु भएको २८ जेठदेखि बिहीबारसम्म कुल ३९५ दशमलव २ मिलिलिटर पानी परेको महाशाखाका मौसमविज्ञ सुजन सुवेदीले जानकारी दिए ।

महाशाखाका अनुसार यसअघि मनसुन सुरु भएपछि उपत्यकामा सामान्यतस् २३६ दशमलव ३ मिलिमिटर वर्षा हुने गरेको थियो । सुवेदीका अनुसार यस वर्ष पूर्वी र पश्चिमी क्षेत्रका केही ठाउामा भारी वर्षा हुनसक्ने प्रक्षेपण गरिएको छ । नेपालमा मनसुन सामान्यतः २८ जेठदेखि सुरु भएर असोज पहिलो सातासम्म सकिने छ । यस वर्षको मनसुनमा क्षेत्रगत रूपमा सुदूरपश्चिमका तराई–पहाडी क्षेत्रमा औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण छ । नेपालमा वर्षमा १४ सय मिलिमिटर पानी पर्ने गर्छ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

]]>