काठमाडौं । नयाँ सहमतिको सरकारबारे कांग्रेसले माओवादी केन्द्रको निर्णय पर्खने बताएको छ।
कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रले सत्ताबाट बाहिरिएपछि मात्र उसँग नयाँ सरकार गठनबारेमा छलफल हुन सक्ने बताए।
एमालेसँग ९ बुँदे सहमति गरी सरकारमा रहेकाले ओलीको विकल्प खोज्नेबारे माओवादी केन्द्रसँग छलफल नभएको दाबी उनले गरे।
एमाओवादी केन्द्रले भने कांग्रेस नेताहरुसँग छलफल भइरहेको दाबी गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ।
]]>
प्रतिक्रिया